Logo

मंगलबार देखि अबरुद्ध राप्ती लोकमार्ग एक तर्फी रुपले खुल्यो



Spread the love
unnamed
दाङ सल्यान सडकखण्डको तुलसीपुर सात तलेमा मंगलवार  बिहान ८ बजे गएको सुख्खा पहिरो आज एक तर्फी रूपले खुलेको छ ।
तुलसिपुर देखि करिब १० किलोमीटर दुरिमा गएको सुख्खा पहिरो लाई सडक डिभिजन कार्यालय दाङबाट आएको डोजरले हटाएपछि एकतर्फी सडक खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पहिरो हटाए पछि बेलुका चार बजेबाट एक तर्फी रूपमा यातायातका साधन हरू संचालनमा आएको  छ ।
पूर्ण रूपले पहिरो हटाई नसकिएका कारण ठुला यातायातका साधनहरू सञ्चालनमा आउन कठिनाइ हुने र ठुला यातायातका साधन संचालनमा आउनको लागि केही समय लाग्ने प्रहरीको भनाइ छ ।
सडक अवरुद्ध हँदा चार सय भन्दा बढी सवारी साधन उक्त क्षेत्रमा रोकिएका छन् भने हजारौँ यात्रुहरु बिचबाटोमै अलपत्र परेका छन् ।
एक दिन अगाडि गएको पहिरो हटाउन ढिलाइ भएको भन्दै यात्रुहरु आक्रोशित हुनुका साथै जोखिम मोलेर पहिरो गएकै स्थान बाट पैदल यात्रा गर्न समेत बाध्य भएका थिए ।
सडक डिभिजन कार्यालयको भर पर्दा उक्त सस्या भएको यात्रुहरुको भनाइ रहेको छ ।
यसैबिच पहिरोले सडक अवरुद्ध पार्दा बिरामीहरुमा जटिल समस्या देखिनुका सथै सल्यानका तरकारी खेती गर्ने किसान र खरिद गर्ने व्यापारीहरुलाई लाखौँको घाटा लागेको छ । लोड भएको तरकारी कुहिन सक्ने भएकाले व्यापारमा घाटा लाग्ने भन्दै व्यवसायी चिन्तित भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस्