Logo

गाउँका मुखियालाई गधामा चढाएर आर्यघाट पुर्याइयो



Spread the love

२१ भदाै, एजेन्सी । मध्य प्रदेशको एक जिल्लाका मुखियालाई गधामा चढाएर आर्यघाट घुमाइएको छ । राम्रोसँग पानी नपरेको भन्दै रतलाम जिल्लाका मुखियालाई स्थानियले गधामा चढाएर आर्यघाट घुमाएका हुन् ।

त्यहाँको परम्परा अनुसार नपर्दा देवी–देवताहरूलाई खुसी पार्नका लागि गाउँका मुखियाले आर्यघाटसम्म गधामा सवारी गर्छन् । त्यसपछि देवी–देवताहरूको पूजा गर्दा राम्रोसँग पानी पर्ने जनविश्वास छ ।

यही मान्यताअनुसार यहाँ गाउँका मुखिया आत्माराम पटेललाई गधामा चढाइएको हो । बाजा–गाजासहित उनको सवारी अघि बढाइएको थियो ।

मनसुन सुरू भइसक्दा पनि राम्रोसँग पानी नपरेपछि मुखियालाई गधामा चढाएर आर्यघाट पुर्याइएको भारतीय मिडियामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्