Logo

एकै परिवारका ६ जनाको विभत्स हत्या, बाटो, खोल्सा र बारीमा भेटिए शव



Spread the love

२१ भदाै, संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार हत्या हुनेमा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् ।

सोमबार बिहान छिमेकीले उनीहरू सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घण्टा लाग्ने बताइएको छ । अहिले डिएसपीको कमान्डमा प्रहरी घटनास्थलतर्फ लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्