Logo

अमेरिकामा भेटियो सुन्दर लामखुट्टे



Spread the love

२२ भदाै, एजेन्सी । लामखुट्टेबारे जानकारी दिनुपर्दा सायदै कसैले ‘सुन्दर’ शब्द प्रयोग गर्लान् । तर साबेथेस क्यानियस प्रजातिका लामखुट्टे निकै सुन्दर हुन्छन् । साबेथेस क्यानियस लामखुट्टेको यस्तो प्रजाति हो जसलाई ‘आई क्याचिङ’ भन्न मिल्छ । यो लामखुट्टेको प्रजाति असाध्यै चञ्चल हुने बताइन्छ ।

यो लामखुट्टेले सानोभन्दा सानो आवाज र प्रकाशमा पनि प्रतिक्रिया दिन्छ । साबेथेस लामखुट्टेको सबैभन्दा मुख्य आकर्षण भनेको यसको बीचको खुट्टा हो । तर, यसको काम के हो भनेर वैज्ञानिकहरुले अझै पत्ता लगाउन सकेका छैनन् ।

विश्वभरीका ३ हजार ३ सय प्रजातिका लामखुट्टेमध्ये पोथी लामखुट्टेले मात्रै रगत चुस्छ । त्यो पनि अण्डा उत्पादनका बेला । त्यसबाहेकको समयमा उसले फूल इत्यादिबाट आफ्नो आवश्यकता पूरा गर्छ ।

जब उसले केही खान खोज्छ तब बीचको खुट्टा अगाडि सार्छ । उक्त खुट्टा निकै संवेदनशील भएका कारण थोरै हलचल हुने बित्तिकै उडिहाल्छ । तर, यो सुन्दर देखिने लामखुट्टेले पनि डेंगुजस्ता विभिन्न रोग निम्त्याउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्