Logo

पानी नपरेको भन्दै छ जना बालिकालाई नाङ्गै घुमाइयो



Spread the love

२२ भदाै, एजेन्सी । पानी नपरेको भन्दै छ जना बालिकालाई नाङ्गै घुमाइएको खबर बाहिर आएको छ ।

भारतको मध्य प्रदेशको एक गाउँमा पानस् नपरेपछि बालिकाहरुलाई भ्यागुतो बाँधिएको काठको मुढो बोकाएर हिँडाइएको भिडियोबारे सामाजिक सञ्जालमा चर्चा सुरू भएको छ ।

उक्त गाउँका मानिसहरू बालिकालाई नाङ्गै घुमाएमा वर्षाका भगवान खुसी हुने र पानी पार्ने अन्धविश्वासमा बसेका छन् ।

अहिले मध्यप्रदेशको प्रहरीले यस घटनाका बारेमा अनुसन्धान सुरू गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्