Logo

ओलीलाई भेट्न बालकोट पुग्यो एमसिसी उपाध्यक्ष सहितको टोली, एमालेका को-को छन् सहभागी ?



Spread the love

२४ भदाै, काठमाडाैँ । एमसिसीको उपाध्यक्ष फातिमा सुमारको टोली नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ ।

बिहीबार काठमाडाैँ अवतरण गरेको केही घण्टापछि नै फातिमाको टोलीले भेटघाट सुरू गरेको हो ।

४ दिन नेपाल बस्नेगरी उक्त टोली बिहीबार बिहान काठमाडाैँ आइपुगेको हो । उक्त टोलीले प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाललगायतलाई भेट्ने कार्यक्रम छ ।

अहिले बालकोटमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्