Logo

मोरुले ल्यायो “म पनि व्रत बस्छु” भन्ने योजना



Spread the love

मोरु digital wallet विगत केही वर्षदेखि आफ्ना ग्राहकहरूको सेवामा प्रतिबद्ध रही आएको छ। मोरुले digital payment service provider को रुपमा कार्य गर्दै आइरहेको छ। मोरु बाट हामीले विभिन्न किसिमका बिल पेमेन्ट हरु जस्तै mobile top up, electricity bill payment, खानेपानी bill payment, फ्लाइट टिकट, सिनेमा टिकट लगायत विभिन्न सरकारी बिल पेमेन्ट हरु भुक्तानी गर्न सहज र सुरक्षित माध्यमका रुपमा कार्य गर्दै आएकोछ। यसरी मोरु बाट विभिन्न किसिमका Bill Payment सँगसँगै हामीले विभिन्न किसिमका कमाई हरु समेत गर्न सक्दछौ¸ जसअन्तर्गत mobile Topup, tv bill payment¸ internet bill payment लगायतका कार्यहरू गर्दा आकर्शक बोनस समेत प्राप्त गर्न सक्दछौं त्यससँगै विभिन्न बैंक हरूमा रकम पठाउँदा कुनै पनि चार्ज भुक्तानी गर्नु पर्दैन आफ्ना ग्राहकहरुका लागि निरन्तर रुपमा सहज सरल र सुरक्षित सेवा प्रदान गर्दै आएको एक डिजिटल Payment service provider को रुपमा मोरुलाई लिन सकिन्छ।

यसरी कार्य गर्दै गर्दा मोरुले समाजमा रहेका केही प्रथालाई अन्त्य गरौं भन्ने लक्ष्य राखी यसपालिको तीजमा “म पनि व्रत बस्छु” भन्ने योजना लिएर आएको छ यस योजनाअन्तर्गत आफ्ना श्रीमती हरुका लागि श्रीमान् समेत व्रत बस्ने प्रण गर्दै मोरुले ल्याएको म पनि व्रत बस्छु भन्ने योजनामा सरिक बन्न सक्नुहुनेछ। यस योजनाले समाजमा रहिआएको महिला मात्र व्रत बस्नुपर्छ भन्ने परम्परालाई तोड्ने छ र आफ्ना जीवनसंगिनी को लामो आयुका लागि पुरुष पनि व्रत बस्ने छन् भन्ने विश्वास मोरुले लिएर आएको छ। यस योजनामा व्रत मात्र नभएर मोरुको तर्फबाट मोरु प्रयोग गर्ने महिला प्रयोगकर्ताको लागि आकर्षक बोनस सुविधासमेत रहेको छ जसअन्तर्गत अब हरेक bill payment गर्दा महिला प्रयोगकर्ताहरुले सामान्य बोनसको अतिरिक्त 300 % अधिक बोनस प्राप्त गर्न सक्नुहुनेछ।

यस योजनाको मुख्य उदेश्य समाजमा महिलाहरुले मात्र आफ्ना परिवार वा समाजका लागि ब्रत बस्नु पर्छ तथा महिलाहरुले मात्र यस परम्परालाई मान्यता दिनु पर्छ भन्ने कुरालाई अब त्यागेर त्यस प्रकारको कार्यमा पुरुषको पनि उतिकै भुमिका रहेको छ र यस समाजमा रहि आएको अन्ध विश्वासलाई मेटाउदै एक असल समाज र असल राष्ट्र निर्माणमा सकारात्मक भुमिका खेल्ने प्रण पुरुषहरुले पनी लिनेछन भन्ने बिश्वास मोरु Digital Wallet ले लिएर यस कार्यलाई अघि ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्