Logo

ऋचा शर्माले सार्वजनिक गरिन् छोराको नाम, के हो उनको छोराको नाम ?



Spread the love

२५ भदाै, काठमाडाैँ । अभिनेत्री ऋचा शर्माले छोराको नाम सार्वजनिक गरेकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिएकी हुन् ।

उनले बुधबार पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी थिइन् ।

छोराको नाम सार्वजनिक गर्दै ऋचा शर्माले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब । यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए । तर आज शब्दको अभाव महशुस भइरहेको छ, भावनालाई कसरी बुनुम भइरहेको छ । हिजोसम्म आफै केटाकेटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ । सोच्दा पनि पृथिवी बोके झै लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ’ उनले अगाडि थपेकी छन् ‘अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरुको बाढ़ी मनभित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन ।’

कमेडी च्याम्पियनको निर्णायक समेत रहेकी उनले यसअघि नै विश्राम लिइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्