
२७ भदाै, संखुवासभा । संखुवासभामा ६ जनाको हत्याका आरोपित सार्वजनिक गरिएको छ । प्रहरीले आइतबार ६ जनाको सामूहिक हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।
उनीमाथि संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोप लागेको छ । उनले अपराध शुक्रबार नै स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
तेजबहादुरका आफ्नै भतिजा पर्ने लोकबहादुरले गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्