Logo

आफ्नो श्रीमानले देख्नेगरी छिमेकी युवतीले भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी



Spread the love

२८ भदाै, एजेन्सी । आफ्नो श्रीमानको ध्यान आकर्षण गर्न उसले देख्ने ठाउँमा भित्री वस्त्र सुकाएको भन्दै एक युवतीले प्रहरीमा उजुरी दिएकी छन् ।

मेक्सिकोको क्विन्टानाकी २३ वर्षीया युवतीले भित्री वस्त्र देखाएर आफ्नो श्रीमानलाई आकर्षण गर्न खोजेको भन्दै ४२ वर्षीया युभित्जा इले प्रहरीमा उजुरी दिएकी हुन् ।

उनले प्रहरीलाई दिएको उजुरीमा २३ वर्षीया युवतीलाई ‘निर्लज्ज’ को संज्ञा पनि दिएकी छन् । ती महिलाले छिमेकीले हरेक शनिबार दिउँसो भित्री वस्त्र धोएर आफ्नो श्रीमान घरमै भएको बेला घाममा सुकाउने गरेको उल्लेख गरेकी छन् ।

युभित्जाले आफ्नो श्रीमानले पनि ती युवतीले सुकाएको भित्री वस्त्र नियाल्ने गरेको बताएकी छिन् । युभित्जाले ती युवतीलाई भित्री वस्त्र त्यसरी नसुकाउन आग्रह गर्दा पनि नमानेपछि उजुरी दिनुपरेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्