Logo

१७ जना नाति नातिनाकी हजुरआमाले गरिन् २४ वर्षीय युवकसँग बिहे



Spread the love

२८ भदाै, एजेन्सी । १७ जना नाति नातिनाकी हजुरआमाले २४ वर्षका युवकसँग बिहे गरेकी छन् । ६१ वर्षकी शेरिल मेकग्रेगरले २४ वर्षका कुरैन मेककेनसँग बिहे गरेको इंग्लिस पत्रिका डेली मेलले उल्लेख गरेको छ ।

यो जोडीको विवाहको भिडियो अहिले टिकटकमा भाइरल छ । उमेरको प्रवाह नगरी बिहे गरेका यो जोडीको उमेरको अन्तर ३७ वर्षको रहेको छ।

शेरिलको कान्छी छोरीभन्दा पनि कुरैन कान्छा छन् । यी दुईले आफ्नो यौन जीवन असाध्यै राम्रो भएको बताउँदै आफूहरुबीचको केमेस्ट्री उत्कृष्ट भएको डेली मेलमा उल्लेख छ ।

डेली मेलका अनुसार यो जोडीको पहिलो भेट सन् २०१२ मा जर्जिया, रोममा फास्ट फूड रेष्टुरेन्ट डेरी क्विनमा सँगै काम गर्ने बेला भएको हो ।

त्यसपछि कुरैनले त्यहाँको काम छोडे र यी दुईबीच कुनै रुपमा पनि सम्पर्क भए । त्यसपछि उनीहरूले आफ्नो प्रेमलाई सफल बनाउन बिहे गरेका हुन् ।

कुरैन र शेरिल दुबैले आफ्नो यौन जीवन पनि निकै उत्कृष्ट भएको बताउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्