Logo

तालिबानको उर्दी, ‘पुरूषहरू मात्रै विद्यालय जानू’



Spread the love

३ असोज, एजेन्सी । अफगानिस्तानमा महिलाहरूले विद्यालय जान नपाउने भएकम छन् । तालिबानले प्राथमिक तहमा महिलाहरूलाई अध्ययन गर्नका लागि प्रतिबन्ध लगाएका हुन् ।

त्यस्तै, तालिबानले शिक्षाकाहरूलाई पनि विद्यालय जान बन्देज लगाएका छन् । छात्रहरू र पुरूष शिक्षकलाई मात्रै विद्यालय जान तालिबानले निर्देशन दिएको बिबिसीमा उल्लेख छ ।

विद्यालय जान नपाएपछि महिलाहरूले सबै अन्धकार जस्तै भएको प्रतिक्रिया दिएका छन् ।

गत महिना अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले यो विषयमा निर्णय गर्ने बताउँदै आएका छन् । तथापी, धेरै अफगानी भने १९९० कै समयको जस्तै कडा नियममा फर्किनुपर्ने भन्दै त्रसित भएका छन् । त्यतिबेला महिलाहरूका लागि तालिबानले कडा नियमहरू जारी गरेको थियो ।

अहिले भने तालिबानले इस्लामिक धार्मिक कानुन अनुसार महिलासँग पनि सहकार्य गर्ने बताउँदै आएका छन् ।

अफगानिस्तानमा भइरहेका अधिकारसम्बन्धि प्रदर्शनमा महिलाहरू सहभागी भएका छन् । तालिबानले सहकार्यको कुरा गरिरहँदा उक्त प्रदर्शनमा सहभागी महिलाहरूमाथि ज्यादती भएका घटनाहरू पनि सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्