Logo

बुटवलका मेयरमाथि मुक्का प्रहार (भिडियो)



Spread the love

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयरमाथि मुक्का प्रहार भएको । बुटवलको ज्योतीनगरमा पहिरो अवलोकनका क्रममा मेयर शिवराज सुवेदीमाथि स्थानीयले मुक्का प्रहार गरेका हुन् ।

गत महिना लगातारको वर्षाबाट चुरेबाट पहिरो खस्दा ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रका करिव २ दर्जन घरमा क्षति पुगेको थियो । त्यसपछि त्यहाँको अवस्थाका बारेमा वेवास्ता गरेको भन्दै स्थानीयहरू आक्रोशित भएका थिए ।

त्यहाँको घटनाबारे सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक जनाले मेयर सुवेदीमाथि मुक्का प्रहार गरेको देखिन्छ ।

यस समाचारको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्