Logo

चर्चित अभिनेता विजयले आफ्ना बुबाआमा विरूद्ध नै हाले मुद्दा



Spread the love

६ असोज, एजेन्सी । तामिलका चर्चित अभिनेता थालापती विजयले आफ्ना बुबाआमा विरूद्ध नै मुद्दा दर्ता गरेका छन् । उनले आफ्ना पिता एसए चन्द्रशेखर र आमा शोभासहित ११ जनाविरुद्ध सिभिल केस दर्ता गराएका हुन् ।

विजयले आफ्ना बुबाआमाले उनको नाम लिएर मानिसहरु जम्मा गरेको भन्दै अबदेखि आफ्नो नाम लिएर मानिसहरु जम्मा गर्न र कुनै पनि किसिमको बैठक गर्नको लागि विजयको नाम प्रयोग नगर्न आदेश दिन माग गरेका छन् ।

उनले यी मानिसहरुलाई बैठक आयोजना गर्न र भीड जम्मा गर्नको लागि आफ्नो नामको प्रयोग गर्नबाट रोक्नको लागि यसरी मुद्दा हालेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्