Logo

बोलाएको समयमा वडाध्यक्ष नआएपछि वडा कार्यालयमा पेट्रोल खन्याएर आगो लगाइयो



Spread the love

६ असोज, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ को वडा कार्यालयमा आगलागी गरिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले कार्यालयमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार लामिछानले बोलाएको समयमा वडा अध्यक्ष कार्यालयमा नआपछि उनले आगो लगाएका हुन् । उनी अहिले फरार रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्