Logo

वडाध्यक्षमाथि सांघातिक आक्रमणः १४ वडाध्यक्षले राखे यस्तो माग



Spread the love

सहकर्मी वडाध्यक्षमाथि सांघातिक आक्रमण भएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १४ वटा वडाका वडाध्यक्षले सुरक्षा माग गरेका छन् ।

नगरपालिकाका १५ वडामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लीला चौहानमाथि बुधबार राति भएको आक्रमणको भत्सर्ना गर्दै १४ वडाध्यक्षले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका हुन् ।

वडा कार्यालय जाने सडक मर्मत गरेर घर फर्कनेक्रममा चौहानमाथि बाटो छेकेर बसेका युवाले बानाचुङ भन्ने ठाउँमा आक्रमण गरेका थिए भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

समाचारमा लेखिएको छ, दारुलाडाँडामा आक्रमण प्रयास गरेको समूहले पुनः बानाचुङका लालबहादुर खड्काको घरमा उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्