Logo

शक्ति चन्द र शान्तिश्री परियारको नयाँ लोक दोहोरी सार्वजनिक (भिडियो)



Spread the love

७ असोज, काठमाडाैँ । गायक शक्ति चन्द ठकुरीको नयाँ लोक दोहोरी गित सार्वजनिक भएको छ । ‘शक्ति चन्द ठकुरी’ युट्युब च्यानलमार्फत मंगलबार ‘भेरी र कर्णाली’ बोलको लोक दोहोरी गित सार्वजनिक भएको हो ।

उक्त गीतमा शक्ति भन्द र शान्ति श्री परियारको स्वर रहेको छ भने शब्द रचना पनि गायक चन्दले नै गरेका छन् । गीत रेकर्डिङको प्राविधिक पक्षमा गोविन्द पराजुली र राजेन्द्र बाजुरालीले सघाउँदा संगीत संयोजन भने विनोद बाजुरालीलले गरेका छन् ।

गीतको भिडियोमा शक्ति चन्द, राजेश बिसी, गोविन्द बिवस, किरन मगर, वसन्त ओली, इन्दु गुरूङ र चित्र मगर लगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ ।

राजकुमार थापाको निर्देशनमा बनेको भिडियोको छायाँकन करन चैसिरले गरेका हुन् भने सम्पादन राजकुमार मगरकै रहेको छ ।

यो गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्