Logo

गुल्मीमा एम्बुलेन्स चालक कुटिए, अवस्था गम्भिर



Spread the love

९ असोज, गुल्मी । गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालकमाथि स्थानीय युवाले कुटपिट गरेका छन् ।

इस्मा गाउँपालिका ४ दोहलीका ३८ वर्षीय दान बहादुर पाण्डेयलाई स्थानीय लिल बहादुर अछामीले गम्भिर घाइते हुने गरेर कुटपिट गरेका हुन् ।

पाण्डेयको कुटपिटबाट आँखामा निल डाम छ भने आँखा माथिको हड्डी फुटेको छ । दाँत झरेको, खुट्टा र शरिर सुन्निएको पीडितले बताए । राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अूपताल रिफर गरिएको इस्मा कोभिड–१९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।

बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपिट भएको पिडीत दान बहादुर पाण्डेयले बताए । पिडीतसँगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेयले घटनामा संलग्नको खोजि कार्य जारी भएको बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्