Logo

सरकारले सार्वजनिक यातायातको भाडा बढायो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)



Spread the love

९ असोज, काठमाडौँ । सरकारले शुक्रबार लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ ।

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार शुक्रबारदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि एक हजार ४७० भाडा लाग्ने भएको छ ।

विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।

कुन स्थानमा जान कति भाडा

काठमाडौँ–सिलगढी रु १६७५
काठमाडौँ–इलाम रु १३४८
काठमाडौँ–उर्लाबारी रु १०८४
काठमाडौँ– कटारी रु ८०४
काठमाडौँ– कलैया रु ५६३
काठमाडौँ– काँकडभिट्टा रु ११७२
काठमाडौँ–कुमारखोज (झापा) रु ११७२
काठमाडौँ–कुरिनटार रु २०९
काठमाडौँ–कृष्णनगर रु ६८६
काठमाडौँ–कोठियाघाट रु ११३६
काठमाडौँ–खोपासी रु ८४
काठमाडौँ–गल्छी रु ९९
काठमाडौँ–गाइघाट रु ८६८
काठमाडौँ–गुलरिया रु १०९१
काठमाडौँ–गोरखा रु ३०७
काठमाडौँ–गोलधाप रु ११६९
काठमाडौँ–गौर रु ६५१
काठमाडौँ–गौरीगञ्ज रु ११२३
काठमाडौँ–महोत्तरी रु ७१३
काठमाडौँ–चिसापानी कर्णाली रु ११००
काठमाडौँ–चौतारा रु १९५
काठमाडौँ–जनकपुर रु ७३६
काठमाडौँ–जलेश्वर रु ७६५
काठमाडौँ–जिरी रु ५३२
काठमाडौँ–तातोपानी रु २७५
काठमाडौँ–त्रिशूली रु १७५
काठमाडौँ–धनगढी रु १३२१
काठमाडौँ–साँफेबगर रु १८७३
काठमाडौँ–धरान रु १०४१
काठमाडौँ–धादिङबेँसी रु १८४
काठमाडौँ–धुन्चे रु २९७
काठमाडौँ–धुलिखेल रु ६३
काठमाडौँ–नारायणगढ रु ३०७
काठमाडौँ–नारायणगढ– हेटौडा रु ४५३
काठमाडौँ–नेपालगञ्ज रु १०२५
काठमाडौँ–पनौती रु ६३
काठमाडौँ–पोखरा रु ४२८
काठमाडौँ–बालिङ रु ५८५
काठमाडौँ–फत्तेपुर रु ९२२
काठमाडौँ–भालुवाङ–प्यूठान रु ९२८
काठमाडौँ–भैरहवा रु ५६१
काठमाडौँ–मटिहानी रु ७८४
काठमाडौँ–मलङ्गवा रु ६७१
काठमाडौँ–महेन्द्रनगर रु १३३२
काठमाडौँ–मेलम्ची रु १६२
काठमाडौँ–राजगढ रु ११६६
काठमाडौँ–बाग्लुङ रु ६०८
काठमाडौँ–वीरगञ्ज रु ५४०
काठमाडौँ–सिन्धुली रु ७३५
काठमाडौँ–सुर्खेत रु १२११
काठमाडौँ–सिराहा रु ८००
काठमाडौँ–बुटवल रु ५१९
काठमाडौँ–स्याङ्जा रु ५१०
काठमाडौँ–तम्घास रु ८४०
काठमाडौँ–तानसेन रु ६१५
काठमाडौँ–धनकुटा रु १२०१
काठमाडौँ–वसन्तपुर रु १३२२
काठमाडौँ–सन्धिखर्क रु ७८८
काठमाडौँ–सल्यान रु ७९९

प्रतिक्रिया दिनुहोस्