Logo

नेपाली बजारमा कति पुग्यो सुनको मूल्य ?



Spread the love

१० असोज, काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार तोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि ८९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य भने गिरावट आएकोछ । गत शुक्रबार एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ पुगेको महासङ्घले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्