Logo

के तपाई घर भित्रै बसिराख्नु हुन्छ ? त्यसो हो भने देखिन सक्छ छाला सम्बन्धित घातक रोग



Spread the love

एजेन्सी। शरीरमा सानासाना खटिरा आउने, रातो दाग देखिने, छाला चिलाउने जस्ता समस्या एलर्जीको लक्षण हुन् । घरभित्रै धेरै बसिरहँदा बढी मात्रामा एलर्जीको समस्या देखिन सक्ने छाला तथा सौन्दर्य सम्बन्धी विशेषज्ञहरु बताउँछन्।

शरीरमा एलर्जी देखिएपछि कुनै छिटै ठिक हुन्छ भने कुनैलाई महिनौ लाग्न सक्छ । शरीरभरि फैलिएर एलर्जीले घातक रुप लिन पनि सक्छ । घर बाहिर निस्कनेकाे तुलनामा घरभित्र लामो समयसम्म सीमित हुनेलाई एलर्जी बढी देखिएको छ ।

शरीरमा एलर्जी बनाउने किरा घर बाहिरमात्रै नभएर घरभित्रै पनि हुनसक्छ । आँखाले नदेख्ने किराको टोकाइबाट मात्र नभई खानेकुराका कारण पनि शरीरमा एलर्जी आउँछ । कहिलेकाहीँ शरीरको भित्री कारणले गर्दा पनि एलर्जी आउने गर्छ ।
यसरी जोगिन सकिन्छ:

– सबै कोठामा हावा छिर्ने हुनुपर्छ

–कोठामा सकेसम्म टाट राख्नुपर्छ।

–बक्स खाट नराखी चारखुट्टे खाट राख्नुपर्छ ।

–हप्तामा एक पटक डसना, सिरक घाममा सुकाउनु पर्छ ।

–कपडा नजिकै फोहोर राख्नुहुद्ैैन।

–घरको झ्याल ढोकामा जाली लगाउने र घर वरिपरिकाे झारपात उखेल्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्