Logo

मनसुन सकिनै लाग्दा नेपालमा गुलाव चक्रवात आउँदै



Spread the love

१० असोज, काठमाडौँ । नेपालमा सोमबारदेखि हिन्द महासागरबाट सुरु भएको गुलाब चक्रवातको प्रभाव पर्ने भएको छ । यो वर्षको मनसुन सकिन अब केही दिन बाँकी रहँदा नेपालमा गुलाब चक्रवात आउन लागेको हो।

गुलाबको प्रभावले नेपालमा त्यस्तो ठूलो असर नगर्ने र दुई तीन–दिनसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालमा भारतको मध्यप्रदेश तथा उत्तर प्रदेश आसपास अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले छ।

प्रतिक्रिया दिनुहोस्