Logo

वर्षाका कारण भैरहवा र पोखराले अंक बाँडे



Spread the love

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले अंक बाँडेका छन् । ११औँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित हुदाँ दुबै टोलीले अंक बाँडेको हो।

वर्षा हुनुपूर्व पोखराले १० ओभर १ बलमा ६५ रन बनाएर ७ विकेट गुमाएको थियो । भैरहवाका लागि दुर्गेश गुप्ताले तीन विकेट हात पार्दा पोखरा कमजोर अवस्थामा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्