Logo

के तपाईलाई धनी बन्ने मन छ ? एकपटक मनन गर्नुहोस् गौतम बुद्धको यो भनाई



Spread the love

एजेन्सी । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् । तर, वास्तवमा त्यसो होइन ।

गौतम बुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाल्ने क्रममा एक गरीबले बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरेका थिए ।

त्यसक्रममा बुद्धले मुस्कुराउँदै जवाफ दिए, ‘तिमीले आफ्नो अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छ आवश्यक पर्दा सघाउन सक्छौ । तिमीसँग मुख छ मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अनि तिमी कसरी गरीब भयौँ । गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो गरीबी पनि आफै हटेर जानेछ ।’

प्रतिक्रिया दिनुहोस्