Logo

घटस्थापनादेखि खुल्ने सिनेमा हलमा कहिलेबाट रिलिज हुँदैछ नेपाली फिल्म ?



Spread the love

११ असोज, काठमाडौं । कोरोना संक्रमणबाट ग्रस्त रही लामो समयसम्म बन्द रहेको सिनेमा हलहरु असोज २१ गते बाट खुल्ने भएको छ। नेपाल चलचित्र संघले देशभरका हलहरुलाई एकपत्रमार्फत हल खोल्न आह्वान गरेको हो।

नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म रिलिज गर्ने पाइने नियम बनाएको चलचित्र संघले जनाएको छ। नेपाली फिल्म भने २६ गते मात्रै रिलिज हुनेछ। तर कुन नेपाली फिल्म रिलिज हुन्छ भन्ने निर्णय हुन नसकेको चलचित्र संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्