Logo

माओवादी नेता वर्षमान पुन अस्वस्थ, उपचारका लागि बैंकक लगिँदै



Spread the love

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएका छन् । फेरी पनि जन्डिससम्बन्धी समस्या बल्झिएकोले उपचारका लागि थाइल्याण्डको बैंकक लैजान लागिएको हो ।

यसअघि पनि उनको स्वास्थ्यमा समस्या देखिएको थियो र अहिले फेरी उक्त समस्या पुन : देखिएपछि बैंककमै उपचारका लागि लैजान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

यसअघि उनले थापाथलीस्थित नर्भिक अस्पताल र नयाँदिल्लीमा उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्