Logo

ईपीएल – लगातार वर्षा बाधक बन्दा चौथो खेल पनि स्थगित



Spread the love

१२ असोज, काठमाडौँ। एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किङ्ग्स ११ र पोखरा राइनोजबीचको खेल पनि रद्द भएको छ । आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान भिजेको हुदाँ खेल स्थगित भएको हो ।

वर्षाका कारण हिजो सोमवार पनि दुवै खेल स्थगित भएका थिए । प्रतियोगिता आयोजकले मंगलबार नयाँ खेल तालिका प्रकाशित गर्दै रद्द पहिलो तीन खेललाई पुनः खेलाउने जनाएका थिए । तर काठमाडौं र पोखराबीचको खेल पनि रद्द भएपछि आयोजकले पुनः अर्को तालिका प्रकाशित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्