Logo

कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई दशैँमा विशेष छुट



Spread the love

१२ असोज, काठमाडाैँ । नेपालीहरूको महान् चाँड दशैँको अवसरमा कुमारी बैँक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने भएको छ । दराजसँग सहकार्य गरेर कुमारी बैंकले विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।

उक्त सम्झाैता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्ने भएका छन् ।

यस सम्झाैता अनुसार डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २०% अथवा रु २ हजारसम्मको क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २०% अथवा २५ सय सम्मको छुट पाउनेछन् ।

कुमारी बैंक र दराजसँगको सम्झाैतापछि कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना नै आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले अहिलेको समयमा आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागि बैंकिङ सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।

कुमारी बैंकले देशव्यापी रूपमा १९६ शाखा, १७३ एटिएम, ३२ वटा शाखारहित बैंकिङ तथा १३ एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई सुविधा प्रदान दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्