Logo

च्याम्पियन्स लिग – पीएसजीसँग सिटी पराजित हुदाँ लिभरपुलको फराकिलो जित



Spread the love

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। मंगलबार राति समूह ‘ए’ अन्तर्गतको खेलमा पीएसजीले सिटीलाई २–० गोल पराजित गरेको हो।

खेलको ८ औँ मिनेटमा इड्रिसा गाना गुआईले गोल गरेपछि घरेलु टोलीले सुरुवाती अग्रता बनायो । खेलको ७४ औँ मिनेटमा केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। जितसँगै पीएसजी ४ अंक जोडेर शीर्षस्थानमा छ।

त्यस्तै, समूह सी अन्तर्गत जर्मन क्लब बोरुसिया डर्टमण्ड र नेदरल्याण्ड्सको अयाक्सले लगातार दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा डर्टमण्डले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई १-० ले हरायो ।

समूह बी अन्तर्गत इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब पोर्टोलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार राति पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुललको लागि मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले दुई/दुई गोल गरे । साडियो मानेले एक गोल गरे ।

जितपछि लिभरपुल २ खेलमा ६ अंक जोडेर समूह बी को शीर्ष स्थानमा छ । १ अंङ्क मा रहेको पोर्टो तेस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेल एट्लेटिको मड्रिडले दश खेलाडी रहेर खेलेको एसी मिलानमाथि २-१ को जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्