Logo

ईपीएल – लगातार दोस्रो खेलमा पराजित ललितपुर



Spread the love

१३ असोज, काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सलाई पोखरा राइनोजले ९ विकेटले हराएको छ । ललितपुरले दिएको ५२ रनको लक्ष्य पछ्याएको पोखराले ६ ओभर ३ बलमा १ विकेटको क्षतिमा पुरा गर्‍यो ।

पोखराका लागि रिचार्ड लेभीले २२ बलमा अविजित ३८ रन बनाए । बलिङतर्फ ललितपुरका अजमतुल्लाह ओमरजाईले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । ललितपुरका लागि सन्दुन वीरककोडीले सर्वाधिक १९ रन बनाउँदा ओसादा फर्नान्डोले १० रन जोडे।

त्यस्तै, नारायण जोशीले ११ रनको थयगदान दिए । पोखराकालागि विक्रम सोबले ३, नन्दन यादवले २ र केस्रिक विलियम्सले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्