Logo

भ्वाइस अफ नेपालका विजेता किरणलाई २०२२ सम्म नेपाल प्रवेशमा रोक



Spread the love

१३ असोज, काठमाडौं। ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई २०२२ सम्म नेपाल प्रवेशमा रोक लगाइएकाे छ । सोमबार किरणलाई ‘इन्ट्रि रिफ्युज’ गर्दै आएकै विमानमा फिर्ता पठाएको हो।

गत असोज ११ गते कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए। सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाइदिएको थियो।

पर्यटक भिसाबापत एक वर्षमा बस्न पाउने अवधि किरणले यसअघि नै पूरा गरिसकेकाले उनलाई प्रवेश नदिइएको विमानस्थल अध्यागमन स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्