Logo

मुटुसम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ ? सिस्नोको सेवन गर्दा मिल्नेछ अचुक फाइदा



Spread the love

एजेन्सी । सिस्नोलाई तरकारीको रुपमा खाइने चलन छ । सिस्नोमा फलाम, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् । तर, सहरका पाँचतारे होटेलहरूको मेनुमा भने सिस्नोको तरकारी भेटिन्छ । यसप्रकार छन् सिस्नोका फाइदाहरु

विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत गर्छ ।

नियमित सिस्नोको प्रयोग गर्दा शरीर दुख्ने समस्याबाट छुटकरा पाइन्छ ।

सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।

यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।

सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ ।

नियमित सिस्नो सेवन गर्दा पिसाबको संक्रमण हुनेहरुले पनि फाइदा हुन्छ ।

उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ ।

प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्