Logo

काँग्रेसले उम्मेदवारी नदिएपछि उपराष्ट्रपतिमा पासाङ्ग निर्विरोध



Spread the love
फाइल तस्बिर

काँग्रेसले उम्मेदवारी नदिएपछि उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ्ग’ निर्विरोध भएका छन् ।

उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेको छ । दाबी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध निर्वाचित भएको भोलि घोषणा हुनेछ ।

‘राष्ट्रपति विद्या भण्डारीले संवैधानिक सीमा उल्लंघन गर्नुभयो र तटस्थता कायम राख्नसक्नु भएन, त्यसैले आफ्नो असहमति जना उम्मेदवारी दिएका थियौँ । अरूको हकमा सहमतिको पक्षमा छौँ ।’ काँग्रेस नेता मीन विश्वकर्मालेले भने ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भूसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरू देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।

 

प्रतिक्रिया दिनुहोस्