Logo

७३ यात्रुको ज्यान बचाएका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक



Spread the love

१४ असोज, काठमाडौँ । बुद्धएयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ। नागरिक उड्‍डयन प्राधिकरणले घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको हो।

घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको बुद्धएयरले जनाएको छ।

गत सोमबार बुद्धएयरको नाइन एनएएनआइ कलसाइन भएको विमान काठमाडौंबाट विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङमा समस्या देखिएपछि चालकले जहाजलाई काठमाडौं फर्काइएको थियो।

उक्त विमानमा ७३ यात्रु सवार थिए।

प्रतिक्रिया दिनुहोस्