Logo

अख्तियारको छापापछि विपक्षीले मागे मुख्यमन्त्री लालबाबु राउतको राजीनामा



Spread the love

१५ असोज, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । राउतले बेटी पढाउ बेटी बचाउ अभियना संचालन गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारको छापा परेपछि विपक्षी दलले मुख्यमन्त्री राउत पदमा बस्न नमिल्ने तर्क गरेका छन् ।

अख्तियारले मुख्यमन्त्री कार्यालयमै आएर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको भनाइ छ ।

बुधवार दिउँसो आयोगकै निर्णयमा बर्दिवासबाट टोलीले बालिकालाई पढाउन उत्प्रेरित गर्ने उद्देश्यले साइकल बाढ्दा खरिद प्रकृयामा अनियमिताता भएको उजुरी परेपछि छापा मारेको थियो।

यद्दपी,अख्तियारले छापा मारेको विषयलाई लिएर मुख्यमन्त्री राउतले भने आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्