Logo

कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगर पराजित



Spread the love

१५ असोज, काठमाडौँ। एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा विराटनगर वारियर्स ललितपुर प्याट्रियट्ससँग ३७ रनले पराजित भएको छ । आज भएको पहिलो खेलमा ललितपुरले दिएको दुई सय २७ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाएर एक सय ८९ रनमै समेटियो।

विराटनगरका लागि दिलशन मुनावीराले ५९, आशिफ शेखले ३७, चन्द्रपल हेमराजले २८ र सिकन्दर राजाले २४ रन बनाए । ललितपुरका अजमतुल्लाह ओमरजाईले चार, ललित राजवंशीले दुई र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेटको नोक्सानीमा दुई सय २६ रन बनायो । उसका लागि सन्दुन वीराकोदीले ७३ र अजमतुल्लाह ओमरजाईले अविजित ५८ रनको योगदान दिए।

विराटनगरका करण केसीले दुई विकेट लिँदा सिकन्दर राजा, प्रतिस जीसी र दिलशन मुनवीराले समान एक–एक विकेट लिए ।

जितसँगै ललितपुर तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने विराटनगर अङ्कविहीन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्