Logo

श्रीमान् कुरूप भएको भन्दै पूर्व प्रेमीमार्फत् श्रीमातीले जन्माइन् तीन सन्तान



Spread the love

एजेन्सी । घानाकी एक महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छन्। अरू कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान भयानक हुने डरले उनले पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी हुन्।

उक्त महिलाले हेर्दा खासै राम्रो नभएपनि निकै सफल, मिहिनती र माया गर्ने व्यक्तिसँग विवाह गरेकी थिइन् । उनलाई आफ्नो श्रीमानको सबै कुरा मन पर्दथ्यो तर सन्तान ‘कुरूप’ जन्मने हुन् कि भन्दै उनले जोखिम मोल्न नचाहेको अफ्रिकी सञ्चार माध्यमलाई बताइन्।

त्यसैले उनले श्रीमानसँग सहवास गरेपछि गर्भनिरोधक औषधी नबिर्सी सेवन गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्