Logo

के तपाई सफल जीवन चाहनुहुन्छ ? त्यसको लागि यि कुरामा ध्यान दिनुहोस् !



Spread the love

अक्सर मानिस आफू सफल बन्न चाहन्छन् । सफलताका लागि ठूलो मेहनत जरुरत पर्दछ । शास्त्रले भनेको छ( कागको जस्तो चेष्टा, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा हुने मानिस जीवनमा सफल हुन्छ । कपियले यसलाई अध्ययनसँग पनि जोडेर हेरेका छन् । यस्तै, दृढ इच्छाशक्तिसहितको प्रयत्न पनि सफलताको अर्को शूत्र हो भन्छन् कतिपय ।

यस्तै, कतिपय मानिसले आम मानिसले गर्ने भन्दा फरक तरिकाले त्यही काम गरेर पनि सफलताको मिठो स्वाद चाखेका छन् । व्यवसायमा सफल बन्न त अझै ठूलो मेहनत जरुरत पर्दछ । आज हामी त्यही सफल व्यवसायीले कसरी सफल बन्न सकिन्छ भनेर दिइएका केही महत्वपूर्ण मन्त्रहरु तपाईलाई सेयर गर्न लागेका छौं ।
राम्ररी विचार गरी योजना बनाउनुहोस् ।

– सधैँ मिठो बोल्नुहोस् ।

– साहस र दृढतापूर्वक सामना गर्नुहोस् ।

– नैतिक र शिक्षाप्रद पुस्तक पढ्नुहोस् ।

– प्रमाण, तर्क र युक्तिका साथ वाद–विवाद गर्नुहोस् ।

– भिटामिन युक्त आहारका साथ भोजन गर्नुहोस ।

– नियमित रुपमा स्नान गर्नुहोस् । दक्षतापूर्वक दान गर्नुहोस् ।

– उदारतापूर्वक दान गर्नुहोस् । बुद्धिमानीपूर्वक खर्च गर्नुहोस् ।

– विनम्रतापूर्वक सेवा गर्नुहोस् । ध्यानपूर्वक कुरा सुन्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्