Logo

ईपीएल – काठमाडौंको लगातार दोस्रो हार, विराटनगर विजयी



Spread the love

१७ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएलमा)मा विराटनगर वारियर्सले काठमाडौं किंग्स – ११ लाई पराजित गरेको छ। विराटनगरले काठमाडौँलाई ७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

वर्षाका कारण ८ ओभरमा खेलाइएको खेलमा विराटनगरले दिएको १०५ रनको लक्ष्य पछाएको काठमाडौँ ३ विकेटको नोक्सानीमा ९७ रनमै समेटियो। काठमाडौँको लागि सुवास खकुरेलले १० बलमा ३ छक्कासहित अविजित २६ रन बनाउदा अविजित रहेका राजु रिजालले १५ बलमा २४ रन जोडेका थिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले ५ विकेटको नोक्सानीमा १०५ रनको लक्ष्य दिएको थियो। उसको लागि अनिल १६ बलमा ४५ र सौरभ ३ बलमा ५ रन बनाई अविजित रहे । ओपनर रायन पठानले ११ बलमा ३० रन बनाउनेक्रममा २ चौका र ३ छकका प्रहार गरेका थिए ।

काठमाडौंका गुलशन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले १–१ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्