Logo

११ हजार जनाको हत्या आरोप सहेर बाँचिरहेकी छिन् ९६ वर्षीया महिला



Spread the love

एजेन्सी। । उत्तरी जर्मनीकी एक महिला बुढेसकालमा हत्या आरोप सहेर बाँचिरहेकी छन्। दोस्रो विश्वयुद्धका दौरान यी महिला कुनै एक नाजी शिविरको एसएस कमाण्डर थिइन् ।

उनीमाथि ११ हजार मानिसको हत्याको आरोप छ । यसबारे अदालतमा मुद्दा चलिरहेको छ । र, मुद्दा चलिरहेकै समय इर्मगार्ड फुरचनर नामकी यी महिला लामो समयसम्म अदालतमा सुनुवाइका लागि आइनन् । त्यसपछि महिलालाई समात्न प्रहरी गयो, तर अदालत जानुको साटो उनी ट्याक्सी चढेर भागिन् ।

प्रहरीले केही घण्टामै उनलाई फेरि पक्राउ गर्यो । दोस्रो विश्वयुद्धका दौरान नाजीको क्याम्पमा लाखौं मानिस मारिएका थिए । यतिबेला १८ वर्षकी इर्मगाडै क्याम्पको सेक्रेटरी थिइन् ।

प्रतिक्रिया दिनुहोस्