Logo

साफ च्याम्पियनसिप – नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै



Spread the love

१८ असोज, काठमाठौँ। साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा खेल राति पौने १० बजे सुरु हुनेछ ।

श्रीलंकाविरुद्ध मैदान उत्रिँदा नेपालको लक्ष्य लगातार दोस्रो जित निकाल्ने हुनेछ । तर, बलियो टिम श्रीलङ्काविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।

नेपालले पहिलो आयोजक राष्ट्र माल्दिभ्समाथि १-० को जित निकालेको थियो । नेपाल तीन अङ्क जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्