Logo

मुटुको रक्षा कसरी गर्ने ?



Spread the love

एजेन्सी। बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको संख्या बढिरहेको छ । नियमित शारीरिक अभ्यासको कमी खानपानको ध्यान दिन नसक्दा यो समस्या बढ्दो क्रममा छ । यसले हाम्रो शरिरमा रक्तप्रवाह गर्छ ।

जब रक्तनली भित्र विभिन्न कारणले गर्दा या बोसो जमेर रक्तनली साँघुरो हुन्छ । तब मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुको मांसपेसीमा प्रयाप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन ।

यो रोगको मुख्य कारण तनाव नै हो । तनावबाट मुक्ति पाउनको लागि मानिसहरु धुम्रपान, मद्यपान र निद्रा लाग्ने औषधीको सेवन गर्ने गर्छन् । मुटु रोगका कारण हृदयघात हुने सम्भावना हुन्छ ।
मुटुको रक्षा कसरी गर्ने
-स्वस्थ जीवनशैली अपनाउनु
-स्वस्थ खानेकुरा खाने, नियमित शारीरिक व्यापाम गर्ने,
-शरीरको तौल नियन्त्रणमा राख्ने, धुम्रपान र मद्यपान नगर्ने,
-आफ्नो कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने र मानिसक तनाव व्यवस्थापन गर्न
-खानपानमा विशेषगरी चिल्लो पिरो, बोसो, भुटेको, तारेका खानेकुरा नखाने,
-सकभर मासु कम खाने, सागपात खाने जस्ता कुरामा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्