Logo

कोड वर्ड प्रयोग गर्दै पाकेट मार्ने २०७ पक्राउ



Spread the love

१८ असोज, काठमाडौँ । प्रहरीले चाबहिल, कोटेश्वर, कलंकी, सातदोबाटो, नयाँ बसपार्क, बालाजु क्षेत्रबाट चोरी तथा पाकेटमारमा संलग्न २०७ अभियुक्तलाई पक्राउ गरेको छ। दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

कसुर प्रमाणितपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरू जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

चोरले प्रयोग गर्ने कोड वर्ड

पैसा – द
मोबाइल – कान
पकेटमारी पीडित – रामे
पैसा धेरै छ – टानको द
ड्राइभर – माम
खलासी– मले
गाडीबाट झरेर भाग– टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडि सर – चिछल जा
पैसा थोरै छ – जुटको द
गाडी –कांचा
केटा – छापा
केटी –भद्रि
पुलिस –ठुल्दाइ आयो

प्रतिक्रिया दिनुहोस्