Logo

निरन्तर संसद् अवरोध गर्दै आइरहेको एमालेले आज पनि गर्ने



Spread the love

१९ असोज, काठमाडौँ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आज पनि नेकपा (एमाले)ले अवरुद्द गर्ने भएको छ। नवौं अधिवेशन सुरु भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आइरहेको एमालेको अवरोध आज पनि जारी रहने एमाले कार्यालयले जानकारी दिएको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६र७७’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपाले बैठकमा निरन्तर विरोध गरेपनि बैठकको कार्यसूचीमा भएको काम रोकिएका छैन।

प्रतिक्रिया दिनुहोस्