Logo

कपिलवस्तुमा फैलियो झाडापखालाको प्रकोप, तीन जनाको मृत्यु



Spread the love

१९ असोज, कपिलबस्तु। सोमबारदेखि फैलिएको झाडापखलाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाले ज्यान गुमाएका छन्। कृष्णनगर नगरपालिकाका वडा नं ७, ८ र ९ मा झाडापखालाको समस्या लिएर अस्पताल जानेहरूको संख्या २ सयभन्दा बढी रहेका हुन् ।

विभिन्न अस्पतालमा गरी २०० जना बिरामी परेकाे जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ। । झाडापखालाबाट वडा नं. ९ का ५ वर्षीय राज काश्यप, वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं ७ का एक वृद्धको मृत्यु भएको छ।

झाडापखाला के कारण फैलिएको हो भन्ने एकिन कारण पत्ता लागिनसके पनि वर्षायाममा दूषित पानीको कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्