Logo

३३ किलो सुनकाण्ड – गोरेसहित ८ जनालाई जन्मकैदको सजाय, ४८ जनाले पाए सफाइ



Spread the love

१९ असोज, विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा ८ जना दोषी ठहर भएका छन्। मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले ८ जना प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका चूडामणि उप्रेती उफ गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

मुद्दाका ७७ जना अभियुक्त मध्ये उच्च प्रहरी अधिकारीसहित ४८ जनाले सफाइ पाएका छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो ।

गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको अनुसन्धानबाट खुलेको थियो । सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका१ का सनमको हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्