Logo

चाडपर्वमा कस्तो पहिरन लगाउने ? यी हुन् सदाबहार चलिरहने कुर्ती



Spread the love

नयाँ कपडा किन्ने परम्परादेखि चलिआएको यो चलन अहिलेसम्म पनि यथावत छ । चाडपर्वमा बाहिरभन्दा पनि आफ्नो घरको मान्छेसँग नै धेरै समय बिताइने भएकोले यसमा धेरै हाइफाइ आवश्यक हुँदैन । आफूलाई जस्तो कपडा सहज र हल्का हुन्छ, बस्दा उठ्दा सहन हुन्छ ।

त्यसैले चाडपर्वमा कपडा किन्दा हल्का खालको हुनु पर्छ । कपडा आगोले नटिप्ने खालको हुनुपर्छ । दशैंतिहार जस्ता पर्वमा धेरै परिकारहरु बन्ने भएकोले यस्तो पहिरन उपयुक्त हुन्छ । चाडपर्वको लागि साडी ब्लाउजहरु हेभी किन्नु उचित हुँदैन । साडी सस्तो भए पनि हुन्छ । ब्लाउज चाहिँ अलिक क्वालिटीको चाहिन्छ ।

बीचमा केही समय पश्चिमा शैलीको पहिरन लगाउने होड चल्यो । अहिले फेरि परम्परागत पहिरनतिर मान्छेको ध्यान जान थालेको छ लगाउन छरितो र सजिलो, ट्रेन्डी र क्लासिक लुक पनि दिने भएकाले कुर्ती धेरैको रोजाइमा पर्छ। फेसनबाट सजिलै नबाहिरिएका कुर्तीका यस्ता केही सेट छन्:

प्लाजो सेटः व्यवसायीहरूका अनुसार लगाउँदा सहज र खुकुलो, प्लाजो सेट हाे।

लङ स्ट्रेट कुर्तीः लङ स्ट्रेट कुर्तीको ट्रेन्ड कहिल्यै बाहिरिएन। कपडाको प्रकारअनुसार यो कुर्ती हरेक कार्यक्रम तथा पर्वमा लगाउन सकिन्छ भने घर बस्दा सजिलो सुरूवालसँग लगाउन सकिन्छ।

पटियाला कुर्ती सेटः पटियाला कुर्ती सेट लगाउँदा सहज र हेर्दा क्लासिक देखिनाले प्रायः घर सम्हालिरहेका महिलाको रोजाइमा बढी पर्ने व्यापारीहरूको अनुभव छ। हिँड्दा र काम गर्दा सजिलो हुनुका साथै यो कुर्ती हेर्दा निकै राम्रो देखिन्छ।

प्रिन्टेड कुर्तीः यो जिन्स प्यान्टसँग लगाउँदा राम्रो देखिन्छ भने इच्छाअनुसार चुरिदार, पटियाला, लेगिंसमा पनि लाउन मिल्छ।

सरारा कुर्तीः तल्लो भाग मात्र हेर्दा यो कुनै लेहेंगा भन्दा कम देखिँदैन। घुँडाभन्दा हलुका तलदेखि यसको सुरूवाल बेल बटम जिन्सको जस्तै हुन्छ। यो खालको कुर्ती सेटमा प्रायः सल हुन्छ। तर नलाए पनि राम्रो देखिन्छ।

प्रतिक्रिया दिनुहोस्