Logo

देशभर ९६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



Spread the love

१९ असोज, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ हजार ४२ वटा स्वाब नमुनाको परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०२ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ । यो अवधिमा एक हजार ११४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्