Logo

प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने



Spread the love

१९ असोज, काठमाडाैँ । यहि असाेज २० र २१ गते दशरथ रङ्गशाला स्थित मिनि कभर्डहलमा कालभैरब उसु क्वानकाे आयाेजनामा “प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता” हुने भएकाे छ।

उक्त प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुकाे सहभागीता रहने आयाेजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगितामा सान्साैमा २० र थाउलाेमा १८ गरि जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयाेजक अमर पुलामी मगरले बताएका छन् ।


जुनियरबाटै भविष्यमा प्रतिभावान् खेलाडीकाे पहिचान गर्न सकिने भएकाेले याे प्रतियोगिता गराउन लागिएको हाे । काेभिड-१९ का कारण लामाे समय उसुका कुनै प्रतियोगिता नभएकाेले उसु खेलसँग आबद्ध ब्यक्तित्वहरु मिलेर याे प्रतियोगिता आयाेजना गरिएकाे हाे ।

यस जुनियर उसु प्रतियोगिताले खेलाडीहरुमा नयाँ जाेस र उर्जा थप्नुका साथै खेलाडीहरुकाे खेलस्थर वृद्धिमा समेत टेवा पुग्ने आशा गरेको आयोजकले बताएको छ । करिब ७ लाख ५० हजार अनुमानित वजेटमा गर्न लागिएको यस प्रतियोगिताकाे लागि आर्थिक सहयाेग भने खेलाडी तथा खेलप्रेमी व्यक्तिहरूबाट संकलन गरिएकाे काेषाध्यक्ष विजय सिंजालिले बताएका छन् ।


यस कार्यक्रमका प्रमुख अतिथिकाे रुपमा पूर्वस्वास्थ्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापा रहने छन् । साथै उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीहरुलाई सम्मान तथा प्राेत्साहन गर्ने कार्यक्रम समेत रहेकाे यस प्रतियोगिताका सचिव हरि प्रसाद गाेलेले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्