Logo

गाउँबाट चुनाव जितेर शहर पसे धुर्कोट गाउँपालिकाका जनप्रतिनिधि



Spread the love

१९ असोज, गुल्मी । जनताबाट चुनिएका जनप्रतिनिधिले गाउँ छोड्दा जनतामा नैराश्यता र विकास निमार्णका कार्य सम्पादनमा समस्या पैदा भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका ६ रजस्थलका दुई जना वडा सदस्यले गाँउ छाडेर शहरमा बस्दा जनता र अन्य जनप्रतिनिधिलाई समेत कार्यसम्पादनमा बाधा सिर्जना भएको हो ।

वडासदस्य ज्ञान बहादुर नेपाली र बाटुला पाण्डे गाँउ छोडेर बिगत दुई वर्षदेखि काठमाडौं र बुटबलमा बस्दै आएको वडाअध्यक्ष कृष्ण नेपालीले बताए । निवार्चन पछिको २ वर्षसम्म गाउँमै बसेता पनि त्यस यता गाउँमा आउन छाडेको वडा कार्यालयले जनाएको छ ।

दुई जना जनप्रतिनिधिले गाउँ छोडे पनि वडामा बहुमत सदस्य भएका कारण खासै समस्या नभएको वडा अध्यक्ष कृष्ण नेपालीले दाबी गरेका छन् । तर, जनताले भने आफुले चुनेका जनप्रतिनिधि नहुँदा हरेक कुरामा आँफुहरुलाई समस्या भएको गुनासो गरेका छन् ।

ज्ञान बहादुर नेपाली बुटवल र बाटुला पाण्डे काठमाडौं बस्दै आएका छन् । बसाइँसराइँको प्रमाणपत्र नलगे पनि उनिहरु परिवारसँगै शहरमा बस्दै आएको बताईएको छ ।

उनिहरु दुवै जना नेकपा एमालेबाट निवार्चित जनप्रतिनिधि हुन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्